प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ- सदनको गतिरोध अन्त्य गर्ने सम्बन्धमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली छलफल जुटुनु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवारमा जारी छलफलमा सदनको गत्यारोध कसरी हटाउने भन्ने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ।
सहकारी ठगी प्रकरणमा संसदीय समिति गठनको माग गर्दै प्रतिपक्षी दल नेपाली काँग्रेसले सदनमा अवरोध जारी राखेको छ । समिति गठन नभएसम्म सदन चल्न नदिने काँग्रेसले अडान लिदै आएको छ ।
काँग्रेेसले अडान राखिरहँदा आज बसेको एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसले गरेको संसदअवरोधको प्रतिरोध गर्ने बताउनु भएको छ । बैठकलाई सम्बोधन गर्दै ओलीले सदनमा कांग्रेस कराइरहने र आफूहरु सुनिरहने स्थिति अब नरहने बताउनु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्