विश्वकप क्रिकेटः पाकिस्तानको पहिलो जित

काठमाडौं- अमेरिका र वेष्ट इन्डिजमा जारी टि- २० विश्वकपमा पाकिस्तानले पहिलो जित निकालेको छ । पाकिस्तानले हिजो भएको खेलमा क्यानाडालाई ७ विकेटले हराउँदै तेस्रो खेलमा पहिलो जित हासिल गरेको हो ।

यसअघि पाकिस्तान अमेरिका र भारतसँग पराजित भएको थियो । क्यानाडाको यो तेस्रो खेलमा दोस्रो हार हो । अमेरिकासँग पराजित भएको क्यानाडाले आयरल्यान्डमाथि जित निकालेको थियो ।

अन्तिम आठमा पुग्नका लागि अन्य खेलको नतिजा कुर्नुपर्ने अवस्थामा रहेको पाकिस्तानले क्यानाडाविरुद्ध १ सय ७ रनको लक्ष्य ३ विकेटको नोक्सानीमा १५ बल बाँकी रहँदा नै पूरा गरेको थियो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको क्यानाडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो । अमेरिकाले भारत र आयरल्यान्डसँगको दुवै खेल गुमाएर आफूले समूह चरणको अन्तिम खेल जितेको अवस्थामा मात्र पाकिस्तानको सुपर आठमा जाने सम्भावना जीवित रहन्छ ।

समूह एमा भारत र अमेरिकाले समान २ खेल जित्दै समान ४ अंक जोडेका छन् । पाकिस्तान र क्यानाडाको समान २ अंक छ भने आयरल्यान्ड अंक विहिन छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.