विश्वकप क्रिकेटः अमेरिकालाइ हराउँदै भारत ‘सुपर आठ’मा
![](https://nepaltvonline.com/wp-content/uploads/2024/06/india-vs-usa-t20-world-cup-1200-1718220113.jpg)
काठमाडौं- टि–२० विश्वकपको समूह ‘ए’ को खेलमा अमेरिकालाई सात विकेटले पराजित गर्दै भारत ‘सुपर आठ’मा प्रवेश गरेको छ । पहिले ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा आठ विकेट गुमाएर ११० रन बनाएको थियो ।
जारी विश्वकपमा भारत समूह ‘ए’ बाट सुपर आठ प्रवेश गर्ने पहिलो टोली बनेको छ । जारी प्रतियोगितामा भने भारत सुपर आठमा पुग्ने तेस्रो टोली हो । यसअघि दक्षिण अफ्रिका र अस्ट्रेलियाले अन्तिम खेल अगावै सुपर आठमा स्थान बनाइसकेका छन् ।
न्युयोर्कस्थित नसाउ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १० रन बनाएको थियो । जवाफमा भारतले उक्त लक्ष्य १८.२ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।
भारतको जितमा सुर्यकुमार यादवले सानदार अविजित अर्धशतकीय इनिङ खेले । ५० रन बनाएर अविजित रहँदा उनलाई शिवंम दुवेले ३१ रन बनाएर साथ दिए । त्यसअघि ऋषभ पन्तले १८ रन बनाएका थिए । ओपनरद्वय रोहित शर्मा ३ रन र विराट कोहली पहिलो बलमै शून्य रनमा आउट भएका थिए ।
पहिले ब्याटिङ गरेको अमेरिकाका लागि स्टेभन टेलरले २४ रन बनाउँदा नितिश कुमारले २७ रन बनाए । त्यस्तै कोरी एन्डरसनले १५ रन बनाउँदा हर्मित सिंहले १० रन बनाउँदा कप्तान एरोन जोनेस र स्याड्ली भान साल्यक्यले ११ रन बनाए ।
भारतका लागि अर्सदीप सिंहले ४ विकेट लिंदा हार्दिक पाण्ड्याले २ विकेट हात पारे। त्यस्तै अक्षर पटेलका नाममा एक विकेट रह्यो ।
प्रतिक्रिया राख्नुहोस्