दाङमा बस र हाईस एक-आपसमा ठोक्किदा तीन यात्रु घाईते

दाङ– दाङ स्थित पूर्व पश्चिम राजमार्गमा बस र हाईस गाडी एक आपसमा ठोक्किदा तीन जना यात्रु घाईते भएका छन् ।

लमही नगरपालिका–३ बनगाउँमा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको बा.प्र.०–३००१ ख १९६७ नं.को बस र बिपरित दिशातर्फ जादै गरेको गण्डकी प्रदेश एफएए–०१०५ नं.को हाईस एक आपसमा ठोक्किदा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी नीरिक्षक प्रकाश भुसालले जानकारी दिनुभयाे ।
नवलपरासी रामग्राम नगरपालिका–१६ बस्ने बर्ष ४० का प्रेम बहादुर चौधरी, नवलपरासी कावासोति नगरपालिका–५ बस्ने बर्ष ३१ क मनोज थापा, स्याङ्जा पुतलीबजार नगरपालिका–५ बस्ने बर्ष ३६ का दुर्गाबहादुर थापा घाईते भएका छन् ।

घाईतेहरुको लमही अस्पतालमा उपचार गरिएको छ । हाईस चालक जिल्ला मकवानपुर मनहरी गा.पा.–६ बस्ने बर्ष ३६ का दुर्गा तामाङ पाख्रिन र झापा मदगास गाउँपालिका–१० बस्ने बर्ष ५७ का दुर्गा प्रसाद पौडेल प्रहरी नियन्त्रणमा छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.