लुम्बिनी सरकारबाट जसपा नेपालले लियो समर्थन फिर्ता

दाङ- जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रमुख सचेतक अम्बिका काफ्लेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउनु भएको हो ।
उपेन्द्र यादव नेतृत्वमा रहेको पार्टी फुटेपछि लुम्बिनीमा रहेका दुई जना प्रदेश सभा सदस्यले अशोक राई नेतृत्वको जसपातर्फ लागेर दल रोजेका थिए । अहिले उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा लुम्बिनी प्रदेशका एक जना प्रदेश सभा सदस्य छन् ।
प्रतिक्रिया राख्नुहोस्