भारत, इङ्ल्याण्ड, दक्षिण अफ्रिका र अफगानिस्तान सेमिफाइनलमा

काठमाडौँ- आइसिसी टी-२० विश्वकपको सेमिफाइनलमा पुग्ने चार वटै टोलीको टुंगो लागेको छ।

भारत, इङ्ल्याण्ड, दक्षिण अफ्रिका र अफगानिस्तान टि-२० विश्वकपको सेमिफाइनलमा पुगेका हुन् ।

आज बिहान सम्पन्न पुगर ८ को अन्तिम खेलमा अफगानिस्तानले बंगलादेशलाई डिएलएस पद्धतिमा पराजित गर्दै पहिलो पटक विश्वकपको सेमिफाइनल यात्रा तय गर्न सफल भयो ।

यस पटक उपाधिको दावेदार नै ठानिएका अष्ट्रेलिया पाकिस्तान वेस्टइन्डिज जस्ता टोलीहरु सुपर ८ बाटै बाहिरिए ।

उता अष्ट्रेलियालाई पराजित गरेको अफगानिस्तानले बंगलादेशलाई समेत हराउदै विश्वकपमा ऐतिहासिक यात्रा तय गर्न सफल भयो ।

अब फाइनल चरण प्रवेशका लागि सेमिफाइनलमा भारतले साबिक विजेता इङ्ल्यान्डसँग खेल्ने छ भने अर्को सेमिफाइनल खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

सेमिफाइनलका खेल बिहीबार हुनेछन्।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.