टी-२० वरियतामा नेपालको एक स्थान सुधार

काठमाडौँ- आइसिसी ट्वान्टी–२० वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७औं स्थानमा उक्लिएको हो।नेपाल यसअघि १८औं स्थानमा थियो। अमेरिका एक स्थान तल झर्दा शीर्षदेखि २० सम्मका अन्य टोली यथावत छन्।

यसअघि १७औं स्थानमा रहेको अमेरिका नयाँ वरीयतामा १८औं स्थानमा पुगेको छ । नयाँ वरीयतामा नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरीको वरीयता भने खस्किएको छ। आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्र एक स्थान तल झरेका हुन्। उनी नयाँ वरीयतामा सातौं स्थानमा पुगेका छन्। यसअघि उनी छैटौं स्थानमा थिए ।

यसैगरी ब्याटिङ वरीयतामा ऐरी ४६ औं स्थामा छन् भने कप्तान रोहित पौडेल ६१ औं स्थानमा छन् । आशिफ शेख ७० औं स्थानमा पर्न सफल भएका छन् ।

ट्वान्टी–२० बलिङ वरीयताको शीर्ष १०० मा भने नेपालका सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीमात्रै अटाएका छन्। नयाँ वरीयतामा तीव्र गतिका बलर सोमपाल ९१औं स्थानमा यथावत् छन्। स्पिनर दीपेन्द्र भने एक स्थान तल खस्किँदै ९७औं स्थानमा पुगेका छन्। यसअघि उनी ९६औं स्थानमा थिए।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.