युरोकपः फ्रान्स र बेल्जियमबीच क्‍वार्टरफाइनल प्रवेशका लागि आज भिडन्त हुँदै

काठमाडौं- विश्व फुटबलका दुई महारथी फ्रान्स र बेल्जियम आज युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करणको क्वार्टरफाइनलमा पुग्न आपसमा भिड्दैछन् ।

खेल नेपाली समयअनुसार, राति पौने १० बजे सुरु हुनेछ । पछिल्लो फिफा वरीयतामा फ्रान्स दोस्रो र बेल्जियम तेस्रो स्थानमा छन् । यी दुवै टोली प्रारम्भिक चरणमा आ–आफ्नो समूहको उप–विजेता बन्दै नकआउट चरणमा पुगेका हुन् ।

विश्व फुटबलमा फ्रान्स र बेल्जियम एक–अर्काका निकै पुराना प्रतिद्वन्द्वी हुन् । यी दुई राष्ट्रबीच हालसम्म कुल ७५ खेल खेलिएको छ । त्यसमध्ये ३० खेलमा बेल्जियमले फ्रान्सलाई हराएको छ । २६ खेलमा फ्रान्सले बेल्जियमलाई पराजय गरेको छ । १९ खेल भने बराबरीमा सकिएको छ ।

सन् २००० मा पनि फ्रान्सले युरोकपको उपाधि उचालेको थियो । त्यसपछि फ्रान्स सन् २०१६ मा पनि युरोकपको फाइनलसम्म पुगेको थियो ।

युरोकपको जारी संस्करणमा पनि फ्रान्सलाई उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको छ । तर, बेल्जियमले हालसम्म युरोकपको उपाधि भने जित्न सकेको छैन । यी दुवै राष्ट्र आ–आफ्नो समूहको विजेता बन्दै युरोकपमा छनोट भएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.