तलब निर्धारणमा भेदभाव भए आन्दोलन गर्ने राजपत्र अनंकित कर्मचारीहरुको चेतावनी !
काठमाडौँ- मर्यादाक्रम अनुसार तलबमान निर्धारण गर्न सरकारका नाममा सर्वोच्च अदालतबाट परमादेश जारी भए सँगै मर्यादक्रममा नसमेटिएका निजामती सेवाका राजपत्राङ्कित कर्मचारीहरुले मर्यादाक्रममा तादम्यता कायम गर्दा आफुहरुलाइ पनि नसमेटिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
आदेश अनुसार राजपत्राङ्कित कर्मचारीहरुले मर्यादाक्रममा तादम्यता कायम गर्दा यसले निजामती सेवाका अन्य श्रेणीका कर्मचारीहरुलाई समेत प्रभाव पर्ने भएमा सोको समेत यथोचित सुनुवाई र व्यवस्थापन गर्नुपर्ने विषय आदेशमा उल्लेख रहेको भन्दै सबै पद र श्रेणीको पदासोपान बमोजिम तलबमान निर्धारण गर्न राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानले माग गरेको हो।
कुनै पनि तह र पदका कर्मचारीलाई अन्याय नहुने गरी सो फैसला कार्यान्वय गर्नु राज्यको कर्तव्य रहेको भन्दै अभियानले भन्दै तलबमान निर्धारणमा राजपत्र अनंकित कर्मचारीलाई बेवास्ता गरिएमा राजपत्र अनंकित कर्मचारीहरु आन्दोलनमा उत्रिन बाध्य हुने विज्ञप्तिमा जनाईएको छ।
मर्यादाक्रममा निजामती तर्फ राजपत्राङ्कित तृतीय अर्थत शाखा अधिकृत सम्मका कर्मचारीलाई मात्र समेटिएको छ । सर्वोच्चले मर्यादाक्रमका आधारमा कर्मचारीको तलबमान निर्धारण गर्न सरकारका नाममा परमादेश जारी गरेसँगै राजत्रांकित प्रथम, द्वितीय र तृतीय श्रेणीका सरकारी कर्मचारीको तलब बढ्ने पक्का भएपछि निजामती सेवाका राजपत्र अनंकित कर्मचारीहरु र सार्वजनिक संस्थान, विश्व विद्यालय सेवा,शिक्षक सेवामा कार्यरत कर्मचारीको तलवमान के हुन्छ भन्ने विषय चासो को विषय बनेको छ ।
प्रतिक्रिया राख्नुहोस्