स्याङजामा जीप दुर्घटना, चार जना घाइते

स्याङ्जा- स्याङजामा बोलेरो जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । आईतवार जिल्लाको भिरकोट नगरपालिका-४ दर्वङठाटीबाट वालिङ जाँदै गरेको ध १ ज २६ नम्वरको जिप दुर्घटनामा परेको हो ।

जीप सडकवाट १० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका चारै जनालाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा लगिएको थियो ।

घाइते भएका भिरकोट-४ का २८ बर्षीया धन बहादुर राना र ५१ बर्षका इन्द्र बहादुर थापाको अवस्था सामान्य रहेको र उपचारपछि दुवैजना घर फर्किएका छन् ।

चालक ३६ बर्षका चित्र बहादुर राना र ७२ बर्षकी शोभा थापालाई थप उपचारका लागि मणीपाल अस्पताल पोखरा पठाइएको छ । दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाका सुचना अधिकारी इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.