पेरिस ओलम्पिकमा १९ पदक जितेर चीन पदक तालिकाको शीर्ष स्थानमा

बुधबार रातिसम्म विश्वका ४१ देशले पदक जितेका छन्

काठमाडौं – पेरिस ओलम्पिकमा बुधबार रातिसम्म विश्वका ४१ देशले पदक जितेका छन् । पछिल्लो पदक तालिका अनुसार चीनले ९ स्वर्ण, ७ रजत र ३ कास्य सहित १९ पदक जितेर पदक तालिकामा शीर्ष स्थानमा छ ।

यस्तै, फ्रान्सले ८ स्वर्ण, १० रजत र ८ कास्य सहित २६ पदक जितेर दोस्रो तथा जापानले ८ स्वर्ण, ३ रजत र ४ कास्य सहित १५ पदक जितेर तेस्रो स्थानमा छ ।

पदक तालिकामा चौथो स्थानमा रहेको अस्ट्रेलियाले ७ स्वर्ण, ६ रजत र ३ कास्य सहित १६ पदक जितेको छ भने बेलायत र दक्षिण कोरियाले समान ६–६ स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी, संयुक्त राज्य अमेरिकाले ५, इटालीले ३, क्यानडा, जर्मनी र हङकङले समान २–२ स्वर्ण पदक जितेका छन् भने १६ वटा देशले १–१ स्वर्ण पदक जितेका छन् ।

दक्षिण एसियाको खेल पावर हाउस भारतले हालसम्म २ वटा कास्य पदकमा चित्त बुझाउनु परेको छ ।

नेपाल सहित पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान, अफगानिस्तानले एक पदक पनि हासिल गर्न सकेका छैनन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.