लम्पीस्किन बिरुद्ध खोप अभियान शुरु

रामेछाप- रामेछाप जिल्लामा आजबाट पशुमा लाग्ने घातक रोग लम्पीस्किन बिरुद्धको खोप अभियान शुरु भएको छ ।

अभियान अन्तर्गत जिल्लाभरिका ६ हजार गाई, गोरु र भैंसीलाई खोप दिइने पशु सेवा केन्द्र रामेछापले जनाएको छ ।

गत बर्ष लम्पीस्किन रोग रामेछाप जिल्लामा महामारीको रुपमा फैलिको थियो । यस बर्ष भने रोग लाग्नु अगाडि नै रोग लाग्न नदिनका लागि खोप अभियान शुरु गरिएको हो ।

खोप अभियानको शुरुवात मन्थली नगरपालिकाको महालक्ष्मि कृषि तथा पशुपालन फर्मबाट गरिएको छ । जिल्लाको ८ वटै स्थानीय तहमा खोप कार्यक्रमलाई अभियानका रुपमा संचालन गरिने पशु सेवा कार्यालय रामेछापका प्रमुख प्रकाश थापाले बताउनु भयो ।

जिल्लामा करिव १ लाख बढी पशु रहेको कार्यालयले जनाएको छ । तर अहिले भ्याक्सीनको सिमितताले गर्दा ६ हजार पशुलाई मात्र खोप दिन लागिएको छ । लम्पीस्किन रोगका कारण गत बर्ष धेरै पशु मर्नुका साथै हजारौं पशु बिरामी परेकाले अहिले मन्थली नगरपालिकामा खोप अभियान शुरु गरिएको मन्थली नगरपालिकाका पशु प्राविधिक रोहणी चापागाईंले बताउनु भयो ।

रामेछाप जिल्लामा अघिल्लो बर्ष २९ हजार पशु लम्पिस्किन कारण बिरामी परेका थिए ।

आजबाट शुरु गरिएको सप्ताहव्यापी अभियान साउन ३२ गते सम्म चल्ने पशु सेवा कार्यालय रामेछापले जनाएको छ ।

जिल्लाका सवै स्थानीय तहहरुले पशु प्राविधिकमार्फत अहिले खोप अभियान संचालन गरेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.