सदनको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय

काठमाडौँ– सरकारले संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले भाद्र ३१ गते सोमबार राति १२ बजेदेखि संसदको चालू अधिवेशन अन्त्य गर्नेगरि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले जानकारी दिनुभयो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने व्यवस्था छ । त्यस्तै बैठकले निर्वाचन आयोगको सिफारिसमा आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरिएको प्रवक्ता गुरुङले बताउनुभयो ।

यसअघि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले प्रधानमन्त्रीसंग भेट गर्दै आगामी मङ्सिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई सुझाव दिएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.