लालपुर्जा विहीन बन्दै बोटे समुदाय 

 स्याङ्जा –  रैथाने रूपमा बस्दै आएका स्याङ्जाको काली गण्डकी ७ मिर्मी,आधि मुहानमा बस्दै आएका बोटे समुदाय अझैपनी पुर्जा विहीन भएर बस्न बाध्य भएका छन् ।  सरकारले नागरिकको रूपमा उपेक्षा गरेको उनीहरूको गुनासो छ ।
यहाँ बसोबास गर्दै आएको बोटे समुदायको घरको पुर्जा नहुँदा सरकार वाट पाउने धेरै  सेवा सुविधाबाट वञ्चित भएका छन् ।

काली गण्डकी ए ड्याम निमार्ण हुँदा प्रभावित बनेका ३९ घर बोटे समुदायका केही घरहरू प्राधिकरणले स्थानान्तरण गरेको भएतापनी अन्य घरहरू भने आफै निमार्ण गरेका छन् । एकातिर काली गण्डकीको कटान,अर्का तीर पुर्जाको अभाव झेल्दै आएका रैथाने बोटे बस्तीलाई स्थानीय तहले सोचे अनुुरुपको काम गर्न नसकेको र त्यसको समाधानका लागी प्रयास जारी रहेको जनप्रतिनिधिको भनाई छ ।

राष्ट्रिय जनगणना २०७८ को  तथ्याङ्क अनुसार जिल्लामा ९ सय ६३ माझी र २ सय १५सङ्ख्यामा बोटे समुदाय रहेका छन् । स्थानीय सरकार आएसँगै विभिन्न समुदायका नागरिकले सेवा सुविधा पाएका उदाहरण धेरै सुनिने गर्दछ । तर आधि मुहानका बोटे समुदाय भने गुठीको नाममा जग्गा हुँदा आफू नागरिक भएको महसुस गर्न पाएका छैनन् । जसका कारण धेरै सेवा सुुबिधावाट वञ्चित हुन परेकोमा उनीहरू चिन्तित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.