‘छाता ओढाइदेउन’ भन्दै आए रमेश र रस्ना ( भिडियो )

काठमाडौं – गायिका रस्ना पौडेल र गायक तथा सङ्गीतकार अर्जुन पोखरेलको युगल गायनमा रहेको  ‘छाता ओढाइदेउन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  डान्सिङ शैलीको यस गीतमा शब्द, सङ्गीत र सङ्गीत संयोजन अर्जुन पोखरेलको नै रहेको छ।

म्युजिक भिडियोमा रमेश उप्रेती र रस्ना पौडेल बिचको अन् स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। श्याम तामाङले छायाङ्कन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्।  मौसम हिमालीको निर्देशनमा भिडियो तयार पारिएको हो।

भिडियो ओएसआर डिजिटल नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो।  भिडियोलाई दर्शक श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।

भिडियो :

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.