करिडोरकाे अवरुद्ध सडक खुलाउन डाेजर लिएर पुगे पालिका प्रमुख सुनारी

नवलपुर- पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा बाढीका कारण पहाडी बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । । गैँडाकोट  र बुलिङटार जोड्ने तरङ्ग खोलामा बाढीका कारण सडक अवरुद्ध भएपछि बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारी गाउँपालिकाको डोजर लिएर डाइभर्सन मार्फत सडक खुलाउनका लागि खोलामै खटिनुभएको छ ।

पहाडी क्षेत्रलाई जोड्ने मुख्य राजमार्गका रूपमा रहेको गैँडाकोट–बुलिङ्टार करिडोर  सडक खण्डको तरंगा खोलामा बाढीका कारण  सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

वर्षाका कारण सडक बिग्रिँदा नवलपुरका ग्रामीण सडकमा महिनौँसम्म सडक अवरुद्ध हुनुका साथै बर्सौँ ठुला दुर्घटना हुने गरेको स्थानीय होमराज रानाभाटले  बत्ताउनुभयो ।पहाडी क्षेत्रतर्फ जाने ग्रामीण सडकको अवस्था जीर्ण रहेकाले जोखिम मोलेर यात्रा गर्न बाध्य रहेको बताए । बर्सातको समयमा यस सडक भएर यात्रा गर्न असहज हुने गरेको रानाभाटको भनाइ छ ।

सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान ओसारपसार गर्न साथै यस क्षेत्रमा चल्ने सार्वजनिक सवारीसाधन नियमित रूपमा आवतजावत बन्द भएको स्थानिय बेल बहादुर दराइले बत्ताउनुभयो । वर्षा हुने बित्तिकै पहिरो खस्दा प्रत्येक दिन यहाँका स्थानीयले सास्ती खेप्नु पर्ने बाध्यता छ।

लामो समयदेखि सडक अवरुद्ध हुँदा यात्रुहरू मर्कामा परेको भन्दै बुलिङटार गाउँपालिकाका अध्यक्ष ई.दीपेन्द्र सुनारी गाउँपालिकाको डोजर लिएर तरङ्ग खोलामा खटिएका हुन् ।आज दिउसोसम्म सडक खुलाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.