रनिङ शिल्ड फुटबल प्रतियोगिता गरिने

गण्डकी – गण्डकी विश्वविद्यालयको आयोजनामा यही मङ्सिर २९ देखि आगामी पुुस ३ गतेसम्म दोस्रो कुलपति रनिङ शिल्ड फुटबल प्रतियोगिता गरिने भएको छ ।

प्रतियोगितामा गण्डकी प्रदेशका माध्यमिक विद्यालयले सहभागिता जनाउन सक्ने प्रतियोगिता संयोजक डा मधुसूधन सुवेदीले जानकारी दिनुुभयो । उहाँका अनुसार प्रतियोगिताको विजेताले रु एक लाख र उपविजेताले रु ५० हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्भने ‘प्लेयर अफ दी टुर्नामेन्ट’लाई ट्रफी तथा रु १५ हजार प्रदान गरिनेछ ।

प्रतियोगिताले खेलकुद क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय जनशक्ति उत्पादन गर्ने क्रममा विश्वविद्यालयमा सञ्चालित स्नातक तहको खेलकुद व्यवस्थापन समग्र विकास र उत्थानमा समेत टेवा पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुुभयो । प्रतियोगिताका लागि सोमबारदेखि ‘टिम’ दर्ता खुला गरिएको र दर्ता शुल्क रु दुुई हजार पाँच सय तोकिएको आयोजकले जनाएको छ ।

नेपालमै पहिलोपटक प्रदेश सरकारद्वारा स्थापित यस विश्वविद्यालयले स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठनपाठन सुरु गरेको छ । विश्वविद्यालयले खेलकुद क्षेत्रको समग्र विकासलाई विशेष प्राथमिकता दिइरहेको संयोजक डा सुवेदीले बताउनुुभयो ।

विसं २०७९ मा भएको प्रथम कुलपति रनिङ शिल्ड फुटबलको उपाधि कालिका माध्यमिक विद्यालय विजयी भएको थियो । विसं २०७७ मा स्थापित यस विश्वविद्यालयमा अहिले पाँच सङ्कायका विषयमा पठनपाठन हुँदै आएको छ । विश्वविद्यालयमा नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलगायत खेलाडी अध्ययनरत छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.