गरिब विपन्न परिवार लाई ग्याँस सिलिन्डर र चुलो वितरण
रुपन्देही- रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका १३ का गरिब विपन्न परिवार लाई ग्याँस सिलिन्डर र चुलो वितरण गरिएको छ ।
वडाका महिलाहरूलाई धुलो धुवाँले आँखाको रोगहरू लाग्ने गरेको तथा फोक्सो मुटुमा समेत समस्या देखिएपछि महिलाहरूलाई धुवा वाट बचाउनका लागि ग्यास सिलिन्डर र चुलो सेट वितरण गरिएको वडा अध्यक्ष सईद मुहम्मद खाँले बताउनुभयो । गत वर्ष पनि दलित विपन्न वर्गलाई वितरण गरिएको र आगामी वर्षमा यस्ता विभिन्न योजनाहरू वडावासीहरूसमक्ष ल्याउने उहाँले बताउनुभयो । सर्वसाधारण ले सिलिन्डर चुलो पाएपछि आफूहरूलाई सहज भएको भन्दै खुसि व्यक्त गरेका छन् ।
कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा न १३ वडा अध्यक्ष सईद मुहम्मद खाँ, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली, समन्वय शाखा प्रमुख फणीन्द्र कुमार पाललगायतले ग्यास सिलिन्डर र चुलो वितरणले सर्वसाधारणलाई लाभ पुगेको बताउनु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्