तिब्बत भूकम्प अपडेटः मृतकको संख्या ९५ पुग्यो, १३० जना घाइते
काठमाडौं- तिब्बतको पहाडी क्षेत्रमा आज बिहान गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १३० जना घाइते भएका छन् ।
अमेरिकी भूगर्भ सर्वेक्षणको तथ्याङ्क अनुसार तिब्बतको सिगात्से सहरमा स्थानीय समय अनुसार बिहान ९:०० बजे गएको भूकम्पको ७.१ म्याग्निच्युड र १० किलोमिटर गहिराई थियो ।
भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटानको थिम्पु, भारतको बिहार र बङ्गलादेशसम्म महसुस गरिएको छ ।
भूकम्प गए लगत्तै चीनले तीन तहको आपतकालीन प्रतिक्रिया प्रणालीलाई सक्रिय बनाउँदै उद्दार तथा राहतका लागि टोली खटाइसकेको जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्