यू-१९ महिला विश्वकप: स्कटल्याण्डसँग नेपाल एक विकेटले पराजित

काठमाडौं – आईसीसी यू-१९ महिला टी-२० विश्वकप क्रिकेटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ ।

बांगीस्थित युएसडी–युकेएम ओभलमा भएको खेलमा नेपाल स्कटल्याण्डसँग एक विकेटले पराजित भएको हो । यससँगै, नेपालले सुपर सिक्समा खेल्ने अवसर गुमाएको छ । नेपाल अघिल्लो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको थियो । ७४ रनको विजय लक्ष्य पाएको स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो ।

अब नेपालले समुह चरणको अन्तिम खेल जनवरी २२ मा अस्ट्रेलियासँग खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.