निरोगी नेपाल बनाउन व्यापक प्रयासहरू गर्नेछौँ : प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले निरोगी नेपालका लागि व्यापक प्रयासहरू गरिरहेको बताउनुभएको छ ।

मङ्गलवारबाट देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोपको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली नागरिकहरू बिरामी नै हुन नपरोस् भनेर सरकारले अभियान चलाइरहेको बताउनु भयो । उहाँले निरोगी नेपालका लागि व्यापक प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँले आफूले खाने खाना पेट भर्नका लागि मात्रै नभई स्वस्थ रहनका लागि खानुपर्ने बताउनु भयो । उहाँले स्वस्थ, सन्तुलित खानाले मात्रै आफूलाई निरोगी बनाउने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीले निरोगी नेपालको नारा लिएका छौँ । यसका दुई वटा पक्ष छन् । मानिस बिरामी नै हुन नपरोस्, स्वस्थ रहोस् । त्यसका लागि हामीले व्यापक प्रयासहरू, बहुआयामिकपक्षबाट व्यापक प्रयास गर्छौँ । मान्छे रोगी नहोस्, बिमारी नहोस् । यसका निम्ति मानिसको आहार, बिहारको मात्रै कुरा होइन । खाना भनेको पेट भर्ने मात्र होइन, स्वस्थ खाना हो । खाना भनेको स्वस्थ मात्रै होइन,पुग्दो, सन्तुलित र ठिक्क मात्रामा पनि हो । स्वस्थ खाना, सन्तुलित  खाना, आवश्यक मात्रामा खाना हुनुपर्छ । पेट भर्नका लागि खाना खाने होइन, स्वस्थ रहनका लागि खाना खाने हो । निरोगी नेपालको कन्सेप्ट यसमा आधारित छ । यसको अर्थ, हामीले उत्पादन गर्ने अन्नबालीमा छ । खानेकुराहरु जो उत्पादन गर्छौँ त्यसको स्वस्थतामा छ ।’

स्वस्थ रहनका लागि सबैभन्दा पहिला व्यक्ति स्वयंले सावधानी अपनाउनुपर्ने बताउनु भयो । बिरामी हुनै नदिने कुरा महत्त्वपूर्ण रहेको बताउनु भयो । सन् २०३० सम्म पाठेघरको क्यान्सरविरुद्धको अभियानलाई पूर्ण रूपमा सफल बनाउने प्रतिबद्धता जनाउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.