काठमाण्डौँबाट धनगढी जाँदै गरेको बस दुर्घटना ,५ जना घाइते

कैलाली – काठमाण्डौँबाट धनगढी जाँदै गरेको सु.प. प्रदेश ०४-००१ ख ००२ नम्बरको शिवपुरी यातायातको ४५ जना यात्रुवाहक बस कैलालीको लम्की चुहा ०३ गोराङ्गेमा दुर्घटना भएको छ।
यात्रुवाहक बस दुर्घटना हुँदा दार्चुला जिल्ला वर्ष २२ की सपना बोहराको बेहोस अवस्थामा लाला रत्न अस्पतालमा उपचार भइरहेको, र अन्य ४ जना घाइतेको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय चिसापानीले जानकारी दिएको छ ।
बसमा सवार बाँकी यात्रु सकुशल रहेको इलाका प्रहरी कार्यालय चिसापानीले जानकारी दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्