अझै नियन्त्रणमा आउन सकेन तिमाङको जङ्गलमा लागेको डढेलो

मनाङ  –  हिमाली जिल्ला मनाङमा चर दिनदेखि आगलागी भएको छ । शुक्रवार बेलुकीदेखि लागेको आगो नियन्त्रणमा लिन मुस्किल भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

चामे गाउँपालिका–१ स्थित तिमाङ जङ्गलमा शुक्रवारदेखि लागेको आगो आज सम्म पनि नियन्त्रणमा लिन नसकिएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगो नियन्त्रणका लागि प्रयास जारी रहेको छ । नियन्त्रणका लागि जिल्लाका तीन वटै सुरक्षा निकाय परिचालन गरिएको छ भने स्थानीय र सुरक्षा टोलीले आगो नियन्त्रणमा लिने प्रयासमा रहेको प्रजिअ आचार्यले बताउनुभयो ।

“आगलागी बस्तीभन्दा टाढाको जटिल भूगोलमा लागेको छ, सम्बन्धित क्षेत्रमा सुरक्षाकर्मी र स्थानीय आगो नियन्त्रणका निम्ति पुगेका छन्” उहाँले भन्नुभयो, “भिरमा आगलागी भएकाले नियन्त्रणमा लिन भने सकस भएको छ ।” डढेलोका कारण वन आलु, लौडसल्ला, जटामसी, पाँचऔंले, गुची च्याउ लगायतका जडीबुटी समेत आगलागीले नष्ट हुने गरेका छन् ।

आगलागीका कारण चराचुरुङ्गी, वन्यजन्तुको वासस्थानमा प्रभाव पार्ने गर्दछ ।

चराचुरुङ्गी, वन्यजन्तु तथा याकचौंरीका चरन क्षेत्र नास हुने कार्यालय प्रमुख भुजेलले बताउनुभयो । यस वर्षको मङ्सिर यता ताल, आइस लेक, पिसाङ भिर आगलागी भएको कार्यालयले जनाएको छ ।

विसं २०७७ मङ्सिर २ गतेदेखि लागेको आगो दुई महिनापछि मात्रै नियन्त्रण आएको थियो । जसले मनाङको एक हजार दुई सय हेक्टर क्षेत्रफल वन जङ्गल नष्ट भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.