सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भर्चुअल संवाद गर्दै प्रधानमन्त्री

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्नुहुने भएको छ ।

विकास निर्माण तथा आयोजनाहरुको प्रगतिका सम्बन्धमा सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग प्रत्यक्ष सम्वाद गरिने भएको हो ।

प्रधानमन्त्री ओलीले दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयको एक्सन रुमबाट मुख्यमन्त्रीहरुसँग संवाद गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले पछिल्ला दिनहरुमा विकास निर्माण आयोजनाहरुको कामको प्रगतिका बारेमा विशेष चासो राख्दै आउनु भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.