अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता भएको छ ।

अमेरिका भ्रमणमा रहनु भएका मोदीको ह्वाइट हाउसमा भेटवार्ता भएको हो । दुबै नेताले आपसी भेटघाट र छलफलपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन समेत गर्नुभयो ।

दुई नेताका बीच व्यापार, आप्रवासी लगायतका विषयमा छलफल भएको बताइएको छ । संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले दुई देशबीचको व्यापार घाटा कम गर्न थप अमेरिकी तेल र ग्यास आयात गर्न दिल्लीसँग सम्झौताको घोषणा गर्नुभयो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले नयाँ अतिरिक्त करको योजनाको घोषणा गरेपछि अन्य मुलुकहरुले पनि पारस्परिक अतिरिक्त करको घोषणा गरेका छन् ।

ट्रम्पले आयात करको कुरा गर्दै आफ्ना सहयोगीहरू शत्रुहरू भन्दा खराब रहेको प्रतिक्रिया दिनुभएको छ । मोदीले अमेरिकामा अवैध रूपमा बसिरहेका भारतीय आप्रवासीहरूलाई फिर्ता लिन आफू तयार रहेको पनि त्यस बखत बताउनु भयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.