पिएसबीमा कर्मचारीको भूमिकाको खोजी

काठमाडौँ- सार्वजनिक सेवा प्रसारण (पिएसबी)मा कर्मचारीहरुको भूमिका र पिएसबी नेपालको आगामी कार्यदिशा सम्बन्धमा नेपाल टेलिभिजन कर्मचारी युनियनले आयोजना गरेको दुई दिने अन्तर क्रियात्मक कार्यशाला सम्पन्न भएको छ ।

काभ्रेको धुलिखेलमा शुक्रबार र सनिवार दुई दिन सम्म चलेको कार्यशालाको पहिलो दिन सार्वजनिक सेवा प्रसारण (पिएसबी) मा कर्मचारीको भूमिका र वृत्ति विकासका अवसरका विषयका संचारविद् एवम् प्रशासन विज्ञ कासीराज दाहालले कार्यपत्र प्रस्तुत गर्नुभयो ।

कार्यशालाको दोस्रो दिन आज सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले पिएसबी अन्तर्तग रहेका नेपाल टेलिजिन र रेडियो नेपालको बर्तमान अवस्था र पिएसबीको आगामी कार्यदिशाका सम्बन्धमा कार्य प्रस्तुत गर्नुका साथै पिएसबी नेपालले हाल सम्म गरेको तयारीबारे जानकारी गराउनु भयो ।

त्यसैगरी आजै पिएसबी नेपालका संचालक समिति सदस्यहरु फुलमान बल तामाङ्,अनिता गुरुङ्ग र डा भूमिराज चापागाँईको सहभागितामा पिएसबीमा कस्ता विषवस्तुहरु समेटिने ? पिएसबी संचालनको दिगो स्रोत के हुने ? लगायतका विषमा बृहत्तर प्यानल डिसकसन  गरियो ।

विशेषगरी कर्मचारीहरुलाई पिएसबीमा आफ्नो भूमिकालाई अझ प्रभावकारी बनाउँदै लैजान र यसले सृजना गरेको अवसर र चुनौतिहरु बुझ्न र बुझाउन का्र्यशालाको आयोजना गरिएको नेपाल टेलिभिजन कर्मचारी युनियनका अध्यक्ष भोज बहादु्र विश्वकर्माले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.