भरतपुरमा सर्वाधिक पुरस्कार राशिको गोर्खाली रग्बी सेभेन्स हुने 

विजेताले २ लाख पाउने

काठमाडौँ –  गोर्खाली रग्बी क्लबले चितवन भरतपुरस्थित कृष्णपुर रंगशालामा गोर्खाली रग्वी सेभेन्स पुरुष राष्ट्रिय रग्बी प्रतियोगिता गर्ने भएको छ । फागुन १६ र १७ मा हुने प्रतियोगितामा सात प्रदेश टोली, दुई विभागीय टोली नेपाली सेना र सशस्त्र प्रहरी बलको एपीएफ क्लब तथा आयोजक गोर्खाली रग्बी गरी १० टोलीको सहभागिता रहने शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यो नेपाली रग्बीमा राखिएको अहिलेसम्मको सर्वाधिक ठूलो पुरस्कार राशि भएको क्लबले जनाएको छ । उत्कृष्ट खेलाडीले भर्दना काउचरको तर्फबाट एक सेट इटालियन सुट प्राप्त गर्नेछन् ।

प्रतियोगिता आयोजनामा करिब २१ लाख बजेट खर्च हुने अनुमान छ । जसमा आयोजकले सहभागिता टोलीको एकतर्फी यातायात र होटल खर्च बेहोर्ने छ ।

राष्ट्रिय खेलकुद परिषद्, भरतपुर महानगरपालिका र बाग्मती प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगितामा सहयोग गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.