अन्तर्राष्ट्रिय च्याम्पियनसिप फाइनल : नेपालविरुद्ध म्यानमारको २-० को अग्रता

काठमाडौं-  फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको फाइनल खेलमा नेपालविरुद्ध म्यानमारले अग्रतालाई दोब्बर बनाएको छ ।

नेपालविरुद्ध म्यानमारले २–० को अग्रता लिएको छ । उसले खेलको ६२ र ६४औँ मिनेटमा गोल गर्दै दोब्बरको अग्रता लिएको हो । नेपाल र म्यानमारले पहिलो हाफ गोलरहित बराबरी खेलेका खेलेका थिए ।

फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमामा भइरहेको हो । नेपालले म्यानमारविरुद्ध सुरुवाती ११ मा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले आज अञ्जना राना मगर र रश्मीकुमारी घिसिङलाई विश्राम दिएर एन्जिला तुम्बापो सुब्बा र रेखा पौडेललाई मौका दिएको छ । म्यानमारले आज ८ खेलाडी परिवर्तन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.