कामपा शैक्षिक मेला आजबाट

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतका विद्यालयमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालिएका कार्यक्रमबाट विद्यार्थीमा परेको प्रभाव र सिकेका ज्ञान बाँड्नका लागि आजबाट शैक्षिक मेला सुरु गर्दैछ ।
कामपाले आज र भोली प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा काठमाडौँ शैक्षिक मेला २०८१ आयोजना गर्न लागेको प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । प्रदर्शनी तथा प्रस्तुतिमा विद्यार्थीले नवीनतम सिकाइ गतिविधि प्रदर्शन गर्ने छन् ।
‘बुक फ्री फ्राइडे’अन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्फत रूचि र नतिजा प्रदर्शन गर्ने छन् । शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा स्वदेशी एवं विदेशी पाहुनालाई अवलोकनका लागि निमन्त्रणा गरिएको छ ।
यस्तै नेपाल भाषाको सिकाइ विधि, मौलिक संस्कृति, वेशभूषा झल्काउने प्रदर्शनी, मौलिक बादन तथा गायन प्रस्तुति समावेश गरिनेछ । काठमाण्डौ महानगरपालिकामा ८७ वटा सामुदायिक विद्यालयमा ६१ हजार तीन सय २९ विद्यार्थी र पाँच सय २४ वटा संस्थागत विद्यालयमा दुई लाख १० हजार नौ सय ३४ गरी दुई लाख ७२ हजार दुई ६३ जना विद्यार्थी अध्ययनरत छन् ।।
प्रतिक्रिया राख्नुहोस्