भरतपुर महानगर भित्रका विद्यार्थीहरूको विद्यालयमा नै स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ अभियान शुभारम्भ

चितवन- भरतपुर महानगर भित्रका विद्यार्थीहरूको विद्यालयमा नै स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ अभियान शुभारम्भ भएको छ ।
भरतपुर महानगरका मेयर रेनु दाहाल र उपमेयर चित्र सेन अधिकारी र स्वास्थ्य विज्ञ सल्लाहकार डा.भोजराज अधिकारीले संयुक्त रूपमा स्वास्थ्य परीक्षणका लागि आवश्यक सामाग्री हस्तान्तरण गर्दै नारायणी नमुना माविबाट स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ अभियान शुभारम्भ गर्नुभएको हो । भरतपुर महानगर भित्र अध्ययन गर्ने सामुदायिक विद्यालयका झन्डै ४२ हजार विधार्थीहरूलाई लक्षित गरी अभियान सुरु गरेको मेयर रेनु दाहालले जानकारी दिनुभयो ।
विद्यार्थीहरूमा रहेको स्वास्थ्य समस्या थाहा पाउने र सामान्य भएमा उपचार गर्ने उद्देश्यले स्वास्थ्य परीक्षण गरिएको हो । स्वास्थ्य समस्याका कारण विद्यालयमा विद्यार्थीहरूको अनुपस्थित हुने, अभिभावक र विद्यालय प्रशासनलाई समेत थाहा हुने भएकाले स्वास्थ्य परीक्षण गरिएको कार्यक्रम संयोजक केशव भट्टले बताउनुभयो ।
विद्यालयको कक्षा युकेजीदेखि १२ कक्षासम्मका सबैजनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्