नेपाली सेनाले लाल झाडीमा बृहत् स्वास्थ्य शिविर गर्ने 

कञ्चनपुर – नेपाली सेनाको श्री नं २५ वाहिनी अड्डा भगतपुरले कञ्चनपुरको लाल झाडि गाउँपालिकामा वृहत् स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको हो । नागरिक र समाज प्रति उत्तरदायी रहेर स्थानीय समुदाय सँग सहकार्य सशक्तीकरण र सहभागितालाई अभिन्न अङ्गको रूपमा ग्रहण गर्दै सेनाको कञ्चनपुरमा रहेको श्री न २५ नम्बर वाहिनी भगतपुरले यही फागु २२ देखि २४ गते सम्म विभिन्न जनचेतना मुलक कार्यक्रम तथा वृहत् स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो । उक्त स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम बारे जानकारी दिन बुधवार श्री न २५ नम्बर वाहिनी भगतपुरमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै श्री न २५ नम्बर वाहिनी भगतपुरका वाहिनी पती माधव थापाले सेनाको वार्षिक क्यालेन्डर अनुसार दुई महिनाको तयारी पश्चात् लाल झाडि गाउँपालिकामा स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम आयोजना गर्न लागिएको बत्ताउनु भएको छ ।

तिन दिने कार्यक्रम अन्तर्गत २४ गते आयोजना हुने वृहत् स्वास्थ्य शिविरमा सेनाको नेपालगञ्ज अस्पताल, धनगढी अस्पताल, महाकाली प्रादेशिक अस्पताल, स्वास्थ्य कार्यालय कञ्चनपुरको सहयोगमा, स्त्रीरोग, छाला तथा यौन रोग, अर्थो, फिजियोथेरापी, दाँत सम्बन्धी, अल्ट्रासाउन्ड, वाल रोग तथा नाक कान घाटी सम्बन्धी सेवा दिइने बत्ताउनु भएको छ ।

उक्त तिन दिने कार्यक्रम अन्तर्गत २२ र २३  गते विविध सांस्कृतिक काय क्रम सहित खुकुरी ड्रिल प्रदर्शनी, तेकान्दो प्रदर्शनी, नेपाल प्रहरी द्वारा लागु औषध सम्बन्धी जनचेतनामूलक कक्षाहरू, नेपाली सेना बाट लागु औषध न्यूनीकरण सम्वधि नाटक, वृत्तचित्र, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण सम्बन्धी कार्यक्रम लगायतका सचेतनामूलक कार्यक्रम तथा २४ गते ११ जना विशेषज्ञ डाक्टर सहित २४ जना डाक्टर बाट स्वास्थ्य सेवा दिइने छ भने कार्यक्रममा ह्वील चेयर, वैशाखी, कान कम सुन्नेहरूका लागि कानको मेसिन तथा स्टेसनरी सामग्रीहरू समेत विरण गरिने जानकारी दिइएको छ । उक्त शिविर बाट १२ सय बढीले लाभ लिने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.