मार्क कार्नी क्यानडाको नयाँ प्रधानमन्त्री बन्नुहुने

क्यानडाको नयाँ प्रधानमन्त्रीको दौडमा लिबरल पार्टीबाट मार्क कार्नी निर्वाचित हुनु भएको छ । वर्तमान प्रधानमन्त्री जस्टिन ट्रुडोका उत्तराधिकारीका रुपमा कार्नी लिबरल पार्टीको नेताका रुपमा छानिनु भएको हो ।

ट्रुडोले प्रधानमन्त्री पदबाट राजिनामा दिनुभएकाले आगामी दिनमा कार्नीले प्रधानमन्त्रीका रुपमा शपथ लिनुहुनेछ । तीन प्रतिद्वन्द्वीहरू विरुद्ध नेतृत्वको दौड सजिलै जित्नु भएका कार्नीले आगामी आम निर्वाचनमा लिबरल पार्टीको नेतृत्व गर्नुहुनेछ ।

आगामी अक्टोबर २० निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ । नौ वर्ष प्रधानमन्त्रीको भूमिका निर्वाह गर्नुभएका ट्रुडोले गत जनवरीमा राजीनामाको घोषणा गर्नु भएको थियो ।

ट्रुडोलाई आफ्नै पार्टी भित्रबाट राजीनामा दिन दबाबको सामना गर्नु परेको थियो । लिबरल पार्टीको नयाँ नेतृत्व सम्हाल्नु भएका कार्नी बेलायत र क्यानडाका केन्द्रीय बैंकको पूर्व प्रमुख समेत हुनुहुन्थ्यो ।

अमेरिकाले नयाँ लागू गरेसँगै मुलुकले अध्याँरो दिनको सामना गरेको कार्नीको भनाइ छ । साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन्देश दिँदै कार्नीले अमेरिकीहरूले आफूहरुलाई सम्मान नदेखाउँदासम्म अमेरिकी सामानहरूमा प्रतिशोधात्मक करहरू जारी राख्ने प्रतिबद्धता जनाउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.