सप्तरीमा छुरा प्रहारबाट दुई जना गम्भीर घाइते

सप्तरी- राजविराज नगरपालिका–७ सिरहा रोडमा छुरा प्रहारबाट दुई जना गम्भीर घाइते भएका छन् । बुधबार साँझ ७ बजे उनीहरुमाथि छुरा प्रहार भएको हो ।
घाइते हुनेहरुमा सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ ब्रहपुरका २२ वर्षिय सुभाष यादव र २६ वर्षिय सुनिल यादव रहेका छन् । एक्कासी उनीहरुमाथि छुरा प्रहार गरेर भागेको स्थानीयको भनाइ उदृत गर्दै प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवाडाले बताउनुभयो ।
छुरा प्रहारबाट दुबै जनाको पेटमा प्वाल परेको छ । घाइते दुवै जनाको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भईरहहेको एसपी खतिवडाले जानकारी दिनुभयो ।
घटनामा संलग्नहरुको खोजी गरिरहेको एसपी खतिवडाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्