नुवाकोटको वट्टारमा पाञ्चायन मन्दिर निर्माण

नुवाकोट-   स्थानीय तथा प्रदेश सरकारको सहयोगमा नुवाकोटको वट्टारमा पाञ्चायन मन्दिर निर्माण भएको छ । विदुर नपा –२ गणेश बस्तीमा विदुर नगरपालिका र बागमती प्रदेश सरकारको सहयोगमा पाञ्चायन मन्दिर निर्माण गरिएको हो ।

गणेश बस्तीमा पाञ्चायन देवता प्राण प्रतिष्ठानको प्रथम वार्षिकोत्सवको उद्घाटन गर्दै विदुर नपाका मेयर राजन श्रेष्ठले स्थानीयवासीको समन्वय, समुदायको सक्रियता र प्रदेश सरकारको आर्थिक सहयोगका कारण अपेक्षाभन्दा छिटो समयमै मन्दिर निर्माण सम्पन्न भएको बताउनु भयो । विदुर नपाको लगानी गर्नुपर्ने क्षेत्र धेरै रहेको तर सीमित स्रोतका कारण सामाजिक र धार्मिक कार्यमा ठुलो लगानी गर्न नसकेको यथार्थता रहेको उहाँले बताउनु भयो ।

विदुर नपाले उक्त  मन्दिर निर्माणका लागि तीन लाख रुपैयाँ प्रदान गर्नुका साथै निर्माण उपकरण प्रयोग गरेर आवश्यक सहयोग गरेको थियो ।  मन्दिरको शिलान्यास मुख्यमन्त्री बहादुरसिंह लामाले गर्नुभएको थियो ।

मेयर श्रेष्ठले पाञ्चायन मन्दिरमा अन्य पूर्वाधार विकासका काम पनि गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मन्दिर क्षेत्र विवाह, व्रतबन्ध, गुफा पूजाजस्ता धार्मिक कार्यका लागि उपयुक्त रहेको र बजारको कोलाहलबाट टाढा भए पनि सहज पहुँचमा रहेको वताउनु भयो ।

विदुर नपाले सार्वजनिक जग्गाको संरक्षणलाई विशेष प्राथमिकता दिने बताउँदै, सार्वजनिक सम्पत्तिको उचित संरक्षण र सदुपयोग गर्न स्थानीय समुदायको सहयोग अपरिहार्य रहेको मेयर श्रेष्ठले बताउनु भयो  । सो मन्दिरका लागि बागमती प्रदेश सरकारले चालु आवमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.