लुम्बिनीका स्पिनर चम्किँदा बागमती ६७ रनमा अल आउट

दाङ-लुम्बिनीका स्पिनर चम्किएसँगै लाे स्काेेरिङ लक्ष्य बचाउँदै वाग्मती प्रदेश विरुद्ध ४८ रनको सानदार जीत हासिल गरेको छ ।
दाङमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तरगत लुम्बिनी प्रदेशले दिएको ११६ रनको सामान्य लक्ष्य पछ्याएको वाग्मती प्रदेश २२ दशमलव ५ ओभरमा अल आउट हुँदै ६७ रनमा समेटियो ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्रतियोगिताको आठौँ दिनको २०औँ खेलमा जवाफी ब्याटिङ गरेको वाग्मतीले पहिलो पावर प्लेमा ४ विकेट गुमाएर ३६ रन बनाएको थियो । दोस्रो पावर प्लेमा आई पुग्दा वाग्मती अल आउट भयो ।
वाग्मतीलाई लाे स्काेर टारगेटमा पनि रोक्न लुम्बिनीका स्पिनरले उत्कृष्ट बलिङ गर्दै ६ ब्याटरलाई बाेल्डआउट गरे । एक ब्याटर एलबीडब्लूकाे सिकार हुँदा २ ब्याटर क्याचआउट हुँदा १ जना स्टम्पिङ आउट भए ।
११६ रनको विजयी लक्ष्य पछ्याएको वाग्मती प्रदेशका लागि कप्तान पृथु बास्काेटाले २६ बलमा २ चौकासहित १५ रन बनाउँदा विप्रसन केसीको बलमा बोल्ड भए । पहिलो विकेटका रूपमा रित गौतमलाई दोस्रो ओभरकाे अन्तिम बलमा स्पिनर निर्मल गुरुङ शून्य रनमा आउट गरेपछि सुरु भएको विकेट पत्तनको सिलसिला स्पिनरको धारिलो बलिङले कायम राख्यो ।
ओपनर आशुताेष घिरैया १५ बलमा २ चौकाको मद्दतमा ११ रन बनाएर रमेश कुर्मीको बलमा आउट भए । शुभ कंशाकार निर्मल गुरुङको बलमा २ रनमा बोल्ड भए ।
ईशान पाण्डे शून्य रनमा रमेश कुर्मीको बलमा थापाले स्टम्पिङ आउट भए ।
सूर्य तामाङ १० बलमा ६ रन बनाएर अजय चौहानको बलमा बोल्ड हुँदा विवेक मगरलाई विप्रसन केसीले ३ रनमा बाेलेड गरे सुमन सुनार ११ रन बनाएर अजय चौहानको बलमा नरबहादुर सार्कीको हातबाट मिडअनका उत्कृष्ट क्याचआउट भए ।
गौतम केसी ८ रनमा अविजित रहँदा साेनु देवकोटालाई विप्रसन केसीले शून्य रनमा आउट गर्दा र रिजन ढकाललाई अजय चौहानले अन्तिम विकेटका रूपमा शून्य रनमा पेभेलियन फर्काएपछि २२ दशमलव ५ ओभरमा लुम्बिनीले खेल आफ्नो पक्षमा पार्यो ।
लुम्बिनीका अजय चौहानले ५ दशमलव ५ ओभरमम २ मेडनसहित १४ रन दिएर ३ विकेट लिए ।
विप्रसन केसीले पनि ६ ओभर बलिङ गर्दै १३ रन खर्चेर ३ विकेट लिए ।
निर्मल गुरुङले ५ ओभरमा २ मेडनसहित १९ रन खर्चेर २ विकेट लिँदा रमेश कुर्मीले ५ ओभरमा ३ मेडनसहित १५ रन खर्चेर २ विकेट लिए ।
प्रतियोगितामा कसिलो बलिङ गर्दै जितको आधार तय गरेका लुम्बिनीका विप्रसन केसी प्लेयर अफ द म्याच भए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले ११५ रन बनाएको थियो ।
लुम्बिनी प्रदेश ३२ दशमलव ४ ओभरमा अलआउट हुँदै ११५ रन बनायो ।
लुम्बिनीलाई सस्तैमा समेट्न वाग्मतीका सबै बलले उत्कृष्ट बलिङ गरे । पाँच बलर प्रयाेेग गरेको वाग्मतीका सबै बलरले विकेट लिए । छैटौँ ओभरबाट सुरु भएको विकेट पतन ३३ ओभरमा पुगेर टुङ्गियो ।
आकाश त्रिपाठीले ३३ रन जोड्नु बाहेक अरू खेलाडीले धैर्यता देखाउन सकेनन् ।
छैटौँ ओभरकाे पाँचौँ बलमा रिजन ढकालले ओपनर मृनाल गुरुङलाई व्यक्तिगत ५ रनमा पेभेलियन फर्काए । स्लो रन सुरुवात गरेको लुम्बिनी प्रदेशका खेलाडीले पहिलो पावर प्लेमा २ विकेटको क्षतिमा ३५ रन जोडेका थिए ।
अर्को ओपनर मनिष थापा ३५ बलको सामना गर्दै १ चौकाको मद्दतमा १५ रन बनाउँदै ईशान पाण्डेकाे बलमा ढकालको हातबाट क्याच आउट भए ।
लुम्बिनीका कप्तान देव खनालले २७ बल खेल्दै १ चौकासहित १५ रन बनाएर सूर्य तामाङको बलमा तेस्रो विकेटका रूपमा आउट भए ।
प्रजवल थापा ६ रन जोडेर ईशान पाण्डेको बलमा बाेल्डआउट भए ।
विप्रसन केसी २० बल खेलेर जम्मा ९ रन बनाउँदै गौतम केसीको बलिङमा विकेट किपर विवेक मगरबाट क्याच आउट भए ।
कृष्ण कार्की १५ बल खेल्दै १ छक्कासहित ७ रन बनाएर गौतम केसीको बलमा लङअनमा साेनु देवकोटाको उत्कृष्ट क्याचमा पेभेलियन फर्किए ।
निर्मल गुरुङ पाँच बल डट खेलेर शून्य रनमा आउट हुँदा नरबहादुर सार्की सूर्य तामाङको बलमा रित गौतमको हातबाट क्याच आउट भए ।
रमेश कुर्मी ८ बल खेलेर गौतम केसीको बलमा बोल्ड भए । लुम्बिनीलाई लाे स्काेरमा समेट्न गौतम केसीले पाँच दशमलव ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए ।
सूर्य तामाङले ८ ओभरमा १ मेडनसहित जम्मा १४ रन दिएर २ विकेट लिँदा ईशान पाण्डेले पनि ७ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए ।
रिजन ढकालले २४ रन दिएर १ विकेट लिँदा साेनु देवकोटाले ३७ रन खर्चेर १ विकेट लिए ।
११६ रनको विजयी लक्ष्य पछ्याउन अब जारी प्रतियोगितामा लुम्बिनी ४ खेलमा ३ मा जीत निकाल्दै ६ अङ्कका साथ चौथो स्थानबाट तेस्रो स्थानमा उक्लिएको छ । उता, वाग्मती प्रदेश चार खेलमा १ मा जीत निकाल्नु बाहेक अरू खेलमा सुखद नतिजा निकाल्न सकेको छैन । अब प्रतियोगिता अन्तरगत भोलि लमहीमा लुम्बिनी प्रदेश र मधेस प्रदेशबिच बिहान ९ बजेपछि खेल हुनेछ ।
नेपाल क्रिकेट सङ्घ क्यानको आयोजना, प्रदेश क्रिकेट सङ्घको समन्वय तथा दाङ क्रिकेट सङ्घको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टिम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टिमले खेलिरहेका छन् ।
फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता जारी छ ।
दाङसहितमा रुपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ सुरु भएको प्रतियोगिताका खेलहरू राउन्ड रोविनका आधारमा भइरहेका छन्
हरेक टिमले एक अर्को टिमसँग खेल्नेछन् । आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिता अन्तरगत दाङमा १४ वटा खेल हुने तालिका रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्