गोरखामा एसइई दिएका बिद्यार्थीहरुलाई तीन महिने निःशुल्क आधारभूत कम्प्युटर तालिम दिने

गोरखा – गोरखाको बार पाक सुलिकोट गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका बिद्यार्थीहरुलाई तीन महिने निःशुल्क आधारभूत कम्प्युटर तालिम दिने भएको छ ।
गाउँपालिकाले पालिकाभित्रका एसइई सकिएपछि विद्यार्थीका लागि निःशुल्क आधारभूत कम्प्युटर तालिम सञ्चालन गर्न लागेको हो ।
पालिकाले आर्थिक वर्ष २०८१÷०८२ को एसइई दिएका बिधार्थीहरुलाई खेर जाने समयको सदुपयोग गर्दै कम्प्युटर शिक्षा प्रदान गर्नका लागि तीन महिने आधारभूत कम्प्युटर तालिम सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।
गाउँपालिकाले पालिकाभित्र अध्ययनरत सबै विद्यार्थीलाई प्राविधिक क्षेत्रको बारेमा दक्ष बनाउँदै उनीहरूको क्षमता विकासमा सहयोग पुर्याउने उद्देश्यले निःशुल्क कम्प्युटर तालिम सञ्चालन गर्न लागेको उहाँले भनाई छ ।
एसइईपछि नतिजा नआउँदासम्मको विद्यार्थीहरुको खाली समयमा खेर फाल्न दिनुहुँदैन भन्ने उद्देश्यका साथ तालिम सञ्चालन गर्न लागिएको हो ।
प्रतिक्रिया राख्नुहोस्