भूमिसम्बन्धी अध्यादेशमा राजनीतिक सहमति जुटाउन पहल गर्ने निर्णय

काठमाडौँ– सत्तापक्षीय दलका शीर्ष नेताको आजको बैठकमा सङ्घीय संसद्मा विचारधीन विधेयकहरुलाई संसदीय प्रक्रियाबाट यथाशीघ्र टुङ्गोमा पुयाउन पहल गर्ने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा भएको बैठकमा विचारधीन विधेयकलाई चाँडै अघि बढाउने विषयमा छलफल भएको हो । बैठकमा भूमिसम्बन्धी अध्यादेशमा राजनीतिक सहमति जुटाउन पहल गर्ने लगायत समसामायिक विषयमा छलफल भएको थियो ।

सदनमा प्रस्तुत अन्य अध्यादेशहरु पारित भएपनि स्वयम् सत्तारुढ दलहरु बीच नै सहमति जुटन नसक्दा भूमि सम्बन्धी अध्यादेश सदनमा निर्णायार्थ पेश हुन सकेको छैन ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.