गोरखाको बिकट गाउँ बिहीमा आँखा शिविर

गोरखा- गोरखाको बिकट बस्ती बिहीमा ६५ जनाको आँखाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ ।
बैशाख २ र ३ गतेअति बिकट चुमनुम्री गाउँपालिकाको दुर्गम बस्तीमा आँखा शिविर सञ्चालन गरी मोतिबिन्दुको सफल उपचार गरिएको हो ।
आज सम्म पनि यो गाउँमा यतायतको सुबिधा पुगेको छैन ।
तिलगंगा आँखा प्रतिष्ठानका निर्देशक डा सन्दुक रुइतको उपस्थितिमा यस चुमनुब्रि गाउँ पालिका भित्रका सयौँ जना आँखाका बिरामीहरुको आँखा परीक्षण गरिएको थियो ।
जसमध्य ६५ जनाको मोतिबिन्दुको सफल शल्यक्रिया भएको चुमनुब्रि गाउँ पालिकाका अध्यक्ष निमा लामाले जनाकरी दिनुभयो ।
सो शिविर तिलगंगा आँखा प्रतिष्ठान ,चुमनुब्रि गाउँपालिका ,सेराङ गुम्बा र देलेक फाउन्डेशनले संयुक्त रुपमा अयोजना गरेको अध्यक्ष लामाले बताउनु भयो ।
यस्तो विकट बस्तीमा आधुनिक सुविधासहितको उपचार सेवा पाउँदा आफूहरु निकै खुशी भएको बिहीका स्थानीयहरुको भनाइ छ ।।
प्रतिक्रिया राख्नुहोस्