पुटिनले गरे युक्रेनसँग प्रत्यक्ष वार्ता गर्ने प्रस्ताव

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग प्रत्यक्ष रुपमा द्विपक्षीय कुराकानी गर्न तयार रहेको रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको छ ।

रसियाली टेलिभिजनमा बोल्दै राष्ट्रपति पुटिनले शान्तिका प्रयासलाई आफुले सधैँ सकारात्मक रुपमा लिएको र त्यस्तै अनुभूति युक्रेनी नेताले गरेको हुनुपर्ने बताउनुएको हो ।

यस सम्बन्धमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले कुनै प्रतिक्रिया नदिएपनि आफ्ना नागरिकको सुरक्षाकालागि वार्ता गर्न सधैं तयार रहेको बताउनुभएको छ ।

राजधानी मस्कोबाट आफुले स्पष्ट जवाफको खोजीमा रहेको पनि जेलेन्स्कीले उल्लेख गर्नुभएको छ ।

रसियाले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेयता दुई पक्षबीच कुनैपनि वार्ता भएको छैन ।

यसै साता युक्रेनले अमेरिका र युरोपेली मुलुकसँग लण्डनमा वार्ता गर्ने तयारी गरिरहेको छ । साथै दुबै मुलुक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तिव्र दबावमा परेका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.