काम सकिनुपर्ने बेलामा जम्मा २७ प्रतिशत मात्र काम सम्पन्न

धादिङ- निर्माण कम्पनीले गरेको सम्झौता अनुसार अबको आठ महिनापछि अर्थात आगामी पुस महिना भित्रै नागढुंगा–मुग्लिन सडक योजना अन्तर्गत पश्चिम खण्डको स्तोरउन्नतिसहित विस्तारको काम पूरा हुनुपर्नेछ ।

तीन खण्डमा विभाजन गरी निर्माणको काम सुरु गरे त्रिभुवन राजपथ र पृथ्वी राजमार्गको नागढुङ्गा मुग्लिन सडक कहिले निर्माण सम्पन्न हुने अझै अन्यौन नै छ ।

मलेखुदेखि मुग्लिनको ३९ किलोमिटर सडक विस्तारको काम ३६ महिनाभित्र सक्ने गरेर सन् २०२२ डिसेम्बर ३० मा सम्झौता भएको थियो ।

अब ठेक्का सम्झौता भएको म्याद सम्पन्न हुन दुई सय पच्चिस दिन मात्रै बाँकी छ । अहिलेसम्म करिव २७ प्रतिशत हाराहारी मात्रै काम भएको नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्डले जानकारी दिइएको छ ।

‘पछिल्लो समय कामको रफ्तार बढेको हुँदा असारसम्म ४५ देखि ४८ प्रतिशत हाराहारी काम सक्ने लक्ष्यमा अनुसार काम भइरहेको आयोजनाको भनाइ छ ।

दैनिक सत्र हजारको हाराहारीमा सावरीका साधनहरु आवत जावत गर्ने पृथ्वी राजमार्गको सो सडक खण्डमा सवारी आवत जावतमा भने निकै समस्या भएको सवारी चालकहरुको गुनासो छ ।

काममा भएको ढिलाइले गर्दा यात्रा कष्टप्रद र झन्जटीलो मात्रै नभई जोखिमपुर्ण पनि बनेको छ ।

अब मनसुन सक्रिय भएपछि त नागढङ्गदेखि मुग्लिनसम्मको सडकमा सवारी आवत जावतमा समस्या आउने र यात्रा निकै जोखिमपुर्ण बन्ने छ ।

जथाभावी सडक खनेर छाडेको र पहाड काट्न सुरु गरेको छ । सो सडक निर्माणमा लगाउनु पर्ने आवाश्यक जनशक्ति परिचालन समेत गरेको पाइँदैन । जस्ले गर्दा पनि सडक निर्माणको काम निकै सुस्त भएको हो ।

मुग्लिनदेखि मलेखुसम्म पैँतालिस मिनेटमा पार गर्न सकिने सो सडक पार गर्न अहिले झण्डै पाँदेखि ६ घण्टासम्म लाग्ने भएको छ ।

नागढुंगादेखि मुग्लिनसम्मको सडकलाई तीन खण्ड विभाजन गरी विस्तारको काम भइरहेको छ । बाँकी दुई खण्डमा पनि काम सकिएको छैन । पश्चिम खण्डमा पर्ने मलेखुदेखि मुग्लिनसम्म ३९ किलो मिटर मध्ये लगभग दुई किलोमिटर सडक र बेनीघाट, मलेखुलगाएत, मुग्लिन बजार क्षेत्रको सडक ६ लेनको बनाउने गरी काम भइरहेको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.