सांसद राईलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राईलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौँले ३ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।  राई काठमाडौं जिल्ला प्रहरी, परिसर भद्रकालीको हिरासतमा राखिएको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगी तथा संगठित अपराध मुद्दामा  गएराति प्रहरीले कपनस्थित निवासबाट पक्राउ गरेको थियो । म्याद थपका लागि राईलाई प्रहरील आज अदालत लगेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.