प्रतिनिधिसभामा हवाई सेवा प्राधिकरण विधेयक पेस

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ पेस गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले उक्त सर्वसम्मतीले स्वीकृत गरेको हो ।
बैठकमा सांसदले दिएका सुझावका सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्यस्ता सुझाव संशोधनको प्रक्रियाका क्रममा समेटेर विधेयकलाई समृद्ध बनाइने बताउनुभयो । साथै उहाँले राष्ट्रिय तथा अन्तरराष्ट्रिय आवश्यकताका आधारमा विधेयक ल्याउनुपरेको बारेमा अवगत गराउनुभएको थियो ।
उक्त प्रस्तावमाथिको छलफलमा सांसद उदयशम्शेर राणा, एकनाथ ढकाल, राजेन्द्रकुमार केसी, रामहरि खतिवडा, रोसन कार्की, विराजभक्त श्रेष्ठ, रञ्जुकुमारी झा, प्रेम सुवाल, वासुदेव घिमिरे, नागिना यादव, सुमना श्रेष्ठ, लक्ष्मी तिवारी, शिव नेपाली, डा अमरेशकुमार सिंह, नारायणी शर्मा, दुर्गा राई, ज्ञानु बस्नेत सुवेदी, सुदन किराती, प्रेम आले, रामकृष्ण यादव, हितबहादुर तामाङ, प्रतिमा गौतम, भगवती चौधरी, मनिष झा, हितराज पाण्डे, कुशुमदेवी थापा, राजेन्द्र बजगाईं, माधव सापकोटा, लेखनाथ दाहाल, ठाकुरप्रसाद गैरे, रणेन्द्र बराली, सराज अहमद फारुकी, दयालबहादुर शाही, मैना कार्कीले भाग लिनुभएको थियो ।
बैठकमा यसअघि अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्नुभएको थियो । त्यस्तै कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति बिमला सुवेदीले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.