गोरखा र लमजुङ जोड्न चेपेघाटमा पक्की पुल निर्माण

लमजुङ- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तीन तहका सरकारबीच समन्वय नहुँदा विकासको गति अलि अलमलिएको बताउनुभएको छ ।

लमजुङ र गोरखाको सिमानाको रुपमा बग्ने चेपे खोलाको पक्की पुल उद्घाटन गर्ने क्रममा मुख्यमन्त्री पाण्डेले सो कुरा बताउनुभएको हो ।

गोरखाको अजिरकोट गाउँपालिका र लम्जुङको दूधपोखरी गाउँपालिका जोड्न कुनाघाट र दियानस्वाँराबीच रहेको चेपेखोला पक्की पुल उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले संघ, प्रदेश र स्थानीय सरकारबीच विकास निर्माणका योजनाहरुमा समन्वय नहुँदा कतिपय योजनामा दोहोरोपना आएको उल्लेख गर्नुभयो ।

उहाँले समन्वयको अभावका कारण योजना छनौटमा अलमल हुने गरेको र सानासाना कामहरुमा पनि प्रदेश र संघ सरकारले हेर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

पूर्वी लमजुङको दुधपोखरी गाउँपालिका र गोरखाको अजिरकोट गाउँपालिका जोड्ने सो पुल आर्थिकवर्ष २०७८/७९ बाट शुरु भएको थियो ।

चार करोड ३७ लाख रुपैँयामा निर्माण भएको पुलबाट विकट दूधपोखरी र अजिरकोटका बासिन्दा र सो बाटो भएर जाने गोरखा र लमजुङका स्थानीयलाई सहज भएको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.