तीनकुने घटनामा काँग्रेस सह-महामन्त्रीका छोरा पक्राउ भन्ने समाचार गलत: नेपाल प्रहरी

काठमाडौँ- जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न सञ्चार माध्यमहरूबाट तीनकुने घटनामा नेपाली काग्रेसका सह-महामन्त्रीको छोरा पक्राउ गरी बिना कारवाही छाडिएका भन्ने प्रेषित समाचारहरूमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले आज जारी विज्ञप्तिमा तीनकुने घटनामा नेपाली काग्रेसका सह-महामन्त्रीको छोरा पक्राउ गरी बिना कारवाही छोडिएको भन्ने प्रेषित समाचारमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

प्रहरीले त्यस्तो कुनै पनि व्यक्तिलाई यस परिसर तथा मातहत कार्यालयहरूबाट नियन्त्रणमा लिइएको भन्ने समाचारमा कुनै सत्यता नरहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिनिधि सभाको बैठकमा राप्रपा सांसद राजेन्द्र लिंङ्देनले चैत्र १५ गते काठमाडौँको प्रदशर्नमा भाटभटेनी सुपरमार्केट लुट्ने मध्ये एक जना काँग्रस सहमहामन्त्रीको छोरा भएको भनेपछि यो विषयले संसददेखि संचारमाध्यमसम्म चर्चा पाएको थियो ।

नेपाली काँग्रेसले सो भनाइको कडा शब्दमा विरोध गर्दै पुष्टि गरेर देखाउन लिंङ्देनलाई चुनौति दिएको छ । काँग्रेस सांसदहरुले गलत अभिव्यक्ति दिएको भन्दै लिंङ्देनको भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने मग गरेका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.