चट्याङबाट कास्कीको अन्नपूर्ण गाउँपालिकामा दुई जनाको मृत्यु

कास्की- चट्याङ लागेर कास्कीको अन्नपूर्ण गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ।

सो गाउँपालिकाको वडा नं. ११ स्थित त्रिवेणी ताल पदमार्गमा काम गरिरहेको अवस्थामा हावाहुरी सहितको चट्याङ लागेर २ मजदुरको मृत्यु भएको हो।

मृत्यु हुनेमा सङखुवासभाको सिलिचोङ गाउँपालिका २ का ४४ वर्षीय भरत पुविर राई तथा सोही ठाउँका वर्ष १८ का महेश राई रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो।

मृतकलाई पोष्टमार्टमका लागि पोखरा ल्याइएको छ ।

समुन्द्री सतहदेखि करिव तीन हजार आठ सय मिटर उचाईमा रहेको त्रिवेणीताल पदमार्गमा बाटो फराकिलो बनाउने, सिंढी हाल्ने र

रेलिङ निर्माण कार्यमा खटिएका ९ जना मध्ये बाँकी सात मजदुर भने सकुशल छन ।

त्यहाँ नेपाल पर्यटन बोर्ड र गाउँपालिकाकाको संयुक्त लगानीमा पदमार्ग निर्माणको कार्य भइरहेको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.