दुप्चेश्वरलाई अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि

नुवाकोट- खेल पर्यटनमा जोड दिँदै नुवाकोटको पञ्चकन्या गाउँपालिकामा सञ्चालित चौथो अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ । पञ्चकन्या गाँउपालिकाको आयोजनामा अन्तरपालिका स्तरीय चौथो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको सम्पन्न भएको हो ।
पञ्चकन्या –४ थप्रेकस्थित पर्यटकीय घ्याङस्वारामा सञ्चालित उक्त प्रतियोगिताको शनिवार भएको फाइनल खेलमा दुप्चेश्वर गाँउपालिकाले उपाधि जितेको छ । दुप्चेश्वरले घरेलु टिम पञ्चकन्या ए लाई लगातार सोझो सेटमा पराजित गरेको हो ।
उपाधिसँगै दुप्चेश्वरले नगद एक लाख ५० हजारका साथ .शिल्ड, मेडल र प्रमाणपत्र थापेको छ । उपविजेता पञ्चकन्या ए ले नगद ७५ हजारका साथ .शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ ।
तेस्रो भएको तादी गाउँपालिका भलिबल टिमले नगद ४० हजारका साथ .शिल्ड, मेडल र प्रमाणपत्र थापेको छ । सान्त्वना भएको पञ्चकन्या वि ले नगद १५ हजारका साथ .शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ ।
तीन दिनसम्म सञ्चालन भएको आयोजक पञ्चकन्या गाँउपालिका अध्यक्ष तेजबहादुर तामाङ रमेशको भनाई छ । प्रतियोगितामा नुवाकोटका सात वटा स्थानीय तहका आठ वटा भलिबल टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा दुप्चेश्वरका राजीव कँडेलले उत्कृष्ट खेलाडी, पञ्चकन्या ए का अविशेक ठकुरीले वेस्ट स्पाइकर, सोही टिमका सञ्जय शाही ठकुरीले वेस्ट सर्भर, दुप्चेश्वरका भिक्टर तामाङले वेस्ट लिभ्रोको पुरस्कार जिते । प्रतियोगिताका विजेता तथा उपविजेता लाई बागमती प्रदेश सभा सदस्य तथा काँग्रेस नुवाकोटका सभापति रमेशकुमार महतले पुरस्कृत गर्नुभयो ।





प्रतिक्रिया राख्नुहोस्