शसस्त्रले उचाल्यो राष्ट्रिय महिला फुटवलको उपाधि

नुवाकोट-  फुटवल खेलको विकास र विस्तारका साथै खेल पर्यटनको मुल उद्धेश्यसहित नुवाकोटको वट्टारमा सन्चालित मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेल शनिवार सम्पन्न भएको छ । सनसनीपुर्ण खेलमा खेलमा सशस्त्र प्रहरी फुटवल क्लवले उपाधि जितेको छ ।

प्रतियोगिता अन्र्तगत फाइनल खेलमा शसस्त्र प्रहरीले आकर्षक रुपमा अर्को विभागिय टिम नेपाल प्रहरी फुटवल क्लवलाई पराजित गरेर उपाधि चुमेको हो । नुवाकोट आदर्श वहुमुखि क्याम्पसको खेल मैदानमा सम्पन्न प्रतियोगिताको आकर्षक, रोमान्चक र सनसनीपुर्ण फाइनल खेलमा सशस्त्र प्रहरीले नेपाल प्रहरीमाथि दवाव र उत्कृष्ट प्रदर्शन गर्दै विजयको ढोका उघारेको हो ।

सशस्त्र प्रहरीले नेपाल प्रहरमिाथि अधिकांश समय दवावपुर्ण र आक्रामक प्रदर्शन गर्दैै उपाधि जितेको हो । निर्धारित ८० मिनेटको खेलमा दुवै टिमवाट कुनै पनि गोल नभएपछि खेलमा ६ मिनेट समय थपिएको थियो ।

थपिएको समयको चौथो मिनेटमा सशस्त्र प्रहरीकी अनीता केसीले उत्कृष्ट प्रहार गर्दै वललाई सोझै नेपाल प्रहरीको गोलपोष्टमा छिराएकी थिइन् । केसीले गरेको निर्णायक गोलनै शसस्त्रकी लागि फाइनल विजयसंगै उपाधि चुम्ने अवसर भएको छ ।

केसीले फाइनल खेलको ‘प्लेयर अफ दि म्याच’ को उपाधिसमेत जितिन् । उनलाई नगद पाँच हजार रुपैँया र अन्य सामग्रीहरु पुरस्कार प्रदान गरिएको छ ।

जिल्ला खेलकुद विकास समिति र नुवाकोट फुटवल संघको आयोजनामा भएको प्रतियोगिताको वागमति प्रदेश खेलकुद परिषद र विदुर नपा संरक्षक रहेको थियो ।

प्रतियोगिताको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि गोल विना नेपाल प्रहरी उपविजेतामा चित्त वुझाउन वाध्य भएको छ । दुई विभागिय टोली नेपाल प्रहरी र शसस्त्र प्रहरीको खेल हेर्न हजारौं दर्शकको भीड लागेको थियो ।

प्रतियोगितामा विजेता शसस्त्र प्रहरीले नगद पांचलाख ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ । उपविजेता नेपाल प्रहरीले नगद दुई लाख ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ ।

प्रतियोगितामा शसस्त्र प्रहरीकी रेनुका नगरकोटीले सर्वोकृष्ट खेलाडिको पुरस्कार थापिन् । उनले नगद १५ हजार रुपैयाका साथ, शिल्ड, मेडल र प्रमाणपत्र पाइन् ।

शसस्त्रकी अनीता केसीले हाइस्कोररको पुरस्कार थापिन् । सोही टिमकी अन्जना रानामगरले उत्कृष्ट गोलकिपर, सोही टिमका प्रशिक्षक जिवेश पाण्डेले उत्कृष्ट कोच, र नेपाल प्रहरीकी सहारा लिम्वुले उदियमान खेलाडिको पुरस्कार थापिन् ।

उक्त विद्याहरुमा सवैलाई १०÷१० हजार रुपैया नगदका साथै शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.