भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन दिल्लीस्थित नेपाली दूतावासको अनुरोध

पाकिस्तानमा रहेका नेपालीको सुरक्षाप्रति सरकार पूर्ण रूपमा सचेत छ : परराष्ट्र मन्त्रालय

काठमाडौँ-  भारत-पाकिस्तान तनाव चुलिदै जाँदा भारतमा रहेका नेपाली नागरिकलाई सचेत र सुरक्षित रहन दिल्लीस्थित नेपाली दूतावासले अनुरोध गरेको छ।

दूतावासले शुक्रबार दिउँसो सूचना जारी गर्दै भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन आग्रह गरेको हो । साथै,भारत सरकारका आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनहरूको पालना गर्न पनि सबै नेपालीलाई सूचनामार्फत आग्रह गरिएको छ।

”भारतको जम्मू-कश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरुलाई सचेत र सुरक्षित रहन एवं संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षा सम्वन्धी निर्देशनहरुको पालना गर्न नेपाली राजदूतावास, नयाँदिल्लीअनुरोध गर्दछ । साथै, कुनै आपतकालीन अवस्था आएमा यस राजदूतावासको आवश्यक समन्वय र सहजीकरणका लागि देहायको नंम्बरमा सम्पर्क गर्नुहुन सम्पूर्ण सरोकारवालाहरुलाई सूचित गरिन्छ” दुतावासद्वजारा जारी अत्यन्त जरुरी सूचनामा भनिएको छ ।

यसै गरी यता  परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका नेपाली विद्यार्थी र सबै नेपालीसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले भारत-पाकिस्तान द्वन्द्व चर्किँदै गएका बेला पाकिस्तानमा रहेका नेपालीको सुरक्षाप्रति सरकार पूर्ण रूपमा सचेत रहेको जनाएको छ । मन्त्रालयले तत्काल कुनै सहयोग चाहिएमा इस्लामाबादस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

”हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत छ। यसको निमित्त पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण
विद्यार्थी एवं नेपालीहरुसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ। यस सम्बन्धमा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथाउहाँहरुका अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली राजदूतावासको देहायको नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न सक्नुहुनेछु” मन्त्रालयलद्वारा जारी सुचनामा भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.