जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिताको छैटौँ संस्करण आज सुरु

जुम्ला – जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिताको छैटौँ संस्करण आज सुरु भएको छ । ५१ किलोमिटर दौड प्रतियोगिताको आज बिहान सुरु भएको हो ।प्रतियोगितामा देश विदेशका गरी जम्मा ५९१ जना खेलाडी सहभागी छन् ।
कर्णाली स्पाेर्ट क्लबका अध्यक्ष सरोज शाहीका अनुसार ,पोल्यान्डका १,अमेरिकाका १,फ्रान्सका १,भारतका-२ जना खेलाडी सहभागिता जनाएको का छन् । भने सबैभन्दा ठुलो राशिको ५१ किलोमिटर दुरीको प्रतियोगितामा ७४ जना खेलाडी सहभागी भएका छन् ।
त्यस्तै ५ किमी दौड तर्फ कर्मचारी व्यापारी तर्फ १५५ जना, विद्यार्थी मात्र सहभागी छन् भने १० किमी दुरीतर्फ ३५५ जना र त्रिभुवन आर्मीबाट-२ जना गरी कूल ५ सय ९१ जना खेलाडीले प्रतियोगितामा सहभागी भएका छन् ।
पाँचथर,काठमाडौँ ,नुवाकाेट,चितवन,बाँके,सप्तरी १० वटा भन्दा बढी जिल्लाबाट दौडेका छन् । भने चार ठाउँमा चेकिङ प्वाइन्ट राखिएको छ । चेकिङ प्वाइन्ट-खाली पाटन,चौथा,डाव,चुचेमारा बेस क्याम्प,चुचेमारा टप चेकिङ प्वाइन्ट तोकिएको छ ।साथै देवदत्त गणले स्वयम सेवककाे रूपमा सहयोग गरेको छ ।
जुम्लाको चन्दननाथ मन्दिर अगाडिबाट सुरु भएको दौड खाली पाटन,चौथा,डाव,चुचेमारा हुँदै रारा तालकाे हुटुमा पुग्ने छन् ।






प्रतिक्रिया राख्नुहोस्