एक सय आठ स्थानमा रास्वपा अगाडि, ४ स्थानमा विजयी

काठमाडौँ, २२ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मत गणनाअनुसार १०८ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ । चार स्थानमा विजयी प्राप्त गरेका छ । काठमाडौ ४ वटा निर्वाचन क्षेत्रमा राप्रपा विजयी भइसकेको छ ।
निर्वाचन आयोगका अनुसार गणना भइरहेका १३५ निर्वाचन क्षेत्रमा आज बेलुका ७ः४५ बजेसम्म रास्वपाका उम्मेदवार १०८, नेपाली कांग्रेसका उम्मेदवार १२ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सात स्थानमा अगाडि छन् ।
त्यसैगरी श्रम संस्कृति पार्टीका ६ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र उज्यालो नेपाल पार्टी एक÷एक स्थानमा अगाडि छन् ।
हालसम्म रास्वपाले दुई स्थानमा विजयी हासिल गरिसकेको छ भने नेपाली कांग्रेसले दुई र नेपाली कम्युनिष्ट पार्टीले एक स्थानमा विजय हासिल गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.